प्रहार समाचार । भारत, कार्तिक २५ शनिबार ।
इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी झापाको हल्दिबारी घर भएकी नेपाली गायिका मेनुका पौडेललाई फिल्मको अफर आएको छ ।
उक्त शोको दिपावली विशेष एपिसोडमा एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् । मेनुकाको गायकीबाट प्रभावित भएर उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्- एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ । फिल्मको प्रपोज भएपछि सबैले खुशि भएर ताली बजाएका थिए।














