प्रहार समाचार । मुस्ताङ, कार्तिक २५ शनिबार ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ को ढाक्मर गाउँमा हिमचितुवाले आतङ्क मच्चाएको छ ।
तिहारको मुखैमा हिमचितुवाले शुक्रवार राति किसानका सय भन्दा बढि च्याङग्रा मारेर लाखौको क्षति पुर्याएको स्थानिय छिरिङ गुरुङले बताएका छन्। च्याङ्गको खोरमा चार वटा हिमचितुवा पसेर च्याङ्ग्रा मारेको हो ।
लोघेकर दामोदरकुण्ड—२ ढाक्मरका स्थानीय पशुपालक किसान मिङ्मार गुरुङले पालेका च्याङ्ग्राको खोरमा रातको समयमा चारवटा हिमचितुवाले विभत्स रुपमा च्याङ्ग्राहरु मारेको र झण्डै ३० लाख मुल्य बराबरको क्षति पुगेको स्थानीय गुरुङले बताए।
गतवर्षसम्म मुस्ताङका ५ स्थानीय तहमा वन्यजन्तुको आक्रमणबाट १९ घरधुरीका ६५ पशुधनमा क्षति पुगेको थियो ।
हिमचितुवा खोरमा पसेर ठुलो संख्यामा च्याङ्ग्रा मारेपछि स्थानीय पशुपालक किसान मिङ्मार गुरुङ चाडबाडको मुखमा चिन्तामा छन् । उनले गाउँभित्रको खोरमा तारबारसहितको च्याङ्ग्रा हुल्ने गोठ थियो । तर, तारबार सहितको खोर नाघेर हिमचितुवाले आतङ्क मच्चाएको हो ।




















