हेडलाईनसमाचारबागमती

उपरथी ताराध्वज पाण्डेले  राजीनामा स्वीकृत : जन्म मितिमा नै  किर्ते गरेको प्रमाण

प्रहार समाचार । काठमाडौं, कार्तिक २४ शुक्रवार ।

जन्म मितिमा किर्ते गरेको छानबिन सुरु हुनासाथ रथी पदको बढुवाको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले उपरथी पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर बिबादमा तानिएका थिए। उनि बिरुद्ध नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो।

जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएर सुम्कीत अवतरण गरेका छन् ।

आगामी प्रधान सेनापतिको रोलक्रममा रहेका पाण्डे जन्म मितिमा किर्ते गरेका जागिरबाट बाहिरिएका छन् ।प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधान सेनापतिको रोलक्रममा थिए।

पाण्डेको जन्ममिति परीक्षा नियन्त्रण कार्यालय को अभिलेखमा २०२१ र नागरिकतामा किर्ते गरेको २०२३ रहेको भेटिएको छ ।  ‘ सैनिक २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी  किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ। यसले नेपाली सेनाजस्तो निकायका उच्च ओहोदाका व्यक्तिहरुनै किर्तेमा मुछिएपछि यो विषय अहिले राष्ट्रिय ईसु बनेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button