हेडलाईनसमाचारप्रदेशखेलकुद

राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानमा इन्दु बर्मा नियुक्त

प्रहार समाचार । काठमाडौं, कार्तिक २४ शुक्रवार ।

नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानमा इन्दु बर्मालाई नियुक्त गरेको छ । यसका साथै क्यानले यही नोभेम्बर १५ देखि हङकङ, चीनमा हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १४ सदस्यीय टोली चयनसमेत गरेको छ ।
क्यानले बुधबार बर्मालाई कप्तानमा नियुक्त तथा टोली चयन गरिएको जानकारी दिएको हो । टोलीमा बिन्दु रावल उपकप्तानका रूपमा रहेकी छिन् । साथै सदस्यहरूमा रुबिना छेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेकी छिन् । शृंखलामा आयोजक हङकङसहित नेपाल, तान्जानिया र जापान रहेका छन् ।

क्यानले यसअघिकी कप्तान रुबिना छेत्रीलाई धन्यवादसमेत दिएको छ । रुबिनाले करिब ११ वर्ष नेपाली राष्ट्रिय महिला टोलीको कप्तानी सम्हालेकी थिइन् । क्यानले कप्तानी जिम्मेवारीमा जस्तै सिनियर सदस्यका रूपमा रुबिनाको टिममा योगदान रहनेसमेत अपेक्षा राखेको जनाएको छ । रुबिनाले महिला ट्वान्टी-२० अन्तर्राष्ट्रियतर्फ ४६ खेलमा ३८ इनिङ्स खेल्दै ५०२ रन बनाएकी छिन् ।

नवनियुक्त कप्तान इन्दुले महिला ट्वान्टी-२० अन्तर्राष्ट्रियतर्फ ४४ खेलमा ३७ इनिङ्स खेल्दै ४९३ रन बनाएकी छिन् । त्यस्तै उनले बलिङतर्फ कुल २३ विकेट लिएकी छिन् । इन्दुको कम्पतानिमा राष्ट्रिय महिला टिमले आगामी दिनम अझ उचाइ थाने विश्वास नेपाल क्रिकेट संघ(क्यान) ले लिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button