हेडलाईनसमाचारसुदुर पश्चिम

विद्यालय भवन भूकम्पले भत्कायो : विद्यार्थीहरू पठनपाठन बाट बञ्चित

प्रहार समाचार । जाजरकोट, कार्तिक २२ बुधबार ।


जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राति गएको भूकम्पबाट २ सय ४८ विद्यालय भत्किएका छन्। सोमबारसम्म संकलन भएको तथ्याङ्क अनुसार २ सय ४८ विद्यालय भवनमध्ये १ सय ६ विद्यालय भवन पूर्ण रुपमा क्षति भएको छ। क्षति संगै भविष्यका कर्णधार कलिला विद्याथीहरुले यति बेला पठनपाठन बाट बञ्चित हुन पुगेका छन् । अहिले त्यहाँका जनताहरू कसरी जिउज्यान जोगाउने र बाँच्ने भन्ने चिन्तामा नै छन् ।

जाजरकोटमा ९१ विद्यालय हरु पूर्ण रूपमा क्षति भएका छन् । जस्मा ३ सय ६६ वटा कक्षाकोठा, ४३ वटा शौचालय, ११ वटा कम्प्युटर कक्षा, १ वटा पुस्तकालय, ७ वटा घेरवार पर्खाल, ४ वटा सोलार सिस्टम रहेका छन् ।

दुई जिल्लामा पूर्ण, आंशिक र सामान्य गरी ४ सय १५ विद्यालयमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो । तीमध्ये करिब १ सय ७ विद्यालय पूर्ण रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ । विद्यालय भवनसँगै केही विद्यालयका आईसीटी ल्याब,जिल्लामा भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या धेरै रहेको समेत पाइएको छ । १ सय ५३ मृतकमध्ये ७८ जना बालबालिका रहेको प्रहरीको तथ्यांक छ ।

जाजरकोटमा ५६ महिला र ४५ पुरुष, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये जाजरकोटमा एक शिक्षकसहित ११ जना विद्यार्थी र रुकुम पश्चिममा १३ जना गरी २४ जना विद्यार्थीको मृत्यु भएको यहाँस्थित शिक्षा इकाईले जनाएका छन् । जाजरकोटका इकाई प्रमुख रमेश मल्लले भूकम्पमा परी निजी स्रोतमा कार्यरत एक शिक्षकको मृत्यु भएको जनाए । दुई शिक्षक र ३१ विद्यार्थीसमेत घाइते रहेको उनले बताए । मल्लका अनुसार ३ सय ४९ विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको छ ।तीमध्ये ९२ विद्यालय भवनका ३ सय ६६ कक्षाकोठा पूर्ण रूपमा र २ सय ५७ भवनका ४ सय ७६ कक्षाकोठामा आंशिक क्षति पुगेको हो ।

४३ शौचालय पूर्ण र ९० वटामा आंशिक क्षति भएको इकाईले जनाएको छ । ‘विद्यालयमा पुगेको क्षतिको प्रारम्भिक विवरण मात्रै आएको छ,’ उनले भने, ‘पूर्ण विवरण आएपछि विद्यालय सञ्चालनबारे निर्णय लिन्छौं ।’ जाजरकोटमा ४ सय ३२ विद्यालय छन् । ११ विद्यालयका आईसीटी ल्याब, एक पुस्तकालय, ७ विद्यालयका घेराबार र ४ विद्यालयको सोलार सिस्टममा पूर्ण क्षति भएको इकाईले जनाएको छ 

कर्णालीमा ३ हजार २६ सामुदायिक र २ सय १७ वटा निजी विद्यालय छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button