प्रहार समाचार | तनहुँ, कार्तिक २१ मंगलबार ।
तनहुँको व्यास नगरपालिमा कृषि प्राविधिकको रूपमा कार्यरत मोहन वि.क. माथि दुर्व्यवहार भएको छ ।
वि. क हिंजो व्यास नगरपालिका वडा नम्बर ९ अन्तर्गत पोखरी डाँडा सानो चौर टोल विकास संस्था जानेक्रममा उनि माथि अभद्र व्यवहार भएको बताइएको छ। उनि त्यहाँ व्यास नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रदान गरेको आलुको बिउ वितरण गर्न गएका थिए । बाटोमा जाँदै गर्दा उनिमाथि स्थानीय ४५ वर्षीय शुक्र जंग सुनारले आक्रमक शैलीमा बाटो छेकेर हातपात गरि अभद्र व्यवहार गरेका थिए ।
सुनारलाई कारबाहिको माग सहित मोहन वि.क.ले जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीमाअभद्र व्यवहार सम्बन्धी मुद्धा मंगलबार दर्ता गराएको जिल्ला प्रहरी कार्यालय दमौली तनहुँका प्रहरी निरीक्षक मोहन कुमार खड्काले बताए।
























