हेडलाईनकोशीसमाचार

कोशी प्रदेश सरकारले भूकम्पपीडितका लागि एक कराेड रुपैयाँ उपलब्ध गराउने

प्रहार समाचार । विराटनगर, कार्तिक १८ शनिबार ।
कोशी प्रदेश सरकारले भूकम्पपीडितका लागि एक कराेड रुपैयाँ उपलब्ध गराउने भएकाे छ । पीडितकाे राहत तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले सहयाेग गर्ने भएकाे हाे।

विराटनगरमा शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकबाट पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय भएकाे बिनाविभागीय मन्त्री गणेश उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार नगदसँगै एक ट्रक राहत सामग्री समेत पठाउने निर्णय भएकाे छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button