हेडलाईनसमाचारसुदुर पश्चिमसूचना प्रविधि

भूकम्प प्रभावित तीन जिल्लामा टेलिकमको सेवा निःशुल्क

प्रहार समाचार | तनहुँ,कात्तिक १८ शनिबार ।
भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क हुने भएको छ।

नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रूकुम पश्चिम र रूकुम पूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत् प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ ।

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराइने छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सुचारू राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button