हेडलाईनसमाचारसुदुर पश्चिम

पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्धारा प्रधानमन्त्रीलाई आग्रह

प्रहार समाचार |काठमाडौ, कार्तिक१८ शनिबार ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तिब्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री  नारायणकाजी श्रेष्ठसँग गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको  भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट,  रुकुमपश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै  पीडितको, राहत तथा घाइतेहरूको  शीघ्र उपचारमा तिव्रता दिन आग्रह गर्नुभएको राष्टपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिबार टेलिफोन गरेर पौडेलले सो आग्रह गरेका हुन्। पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरे। राष्ट्रपति पौडेलले यसअघि बिहान  भूकम्पबाट भएको  मानवीय र भाौतिक क्षतिले  आफू मर्माहत भएको  बताउँदै विपद्को  यस घडीमा मानवीय भावले उद्धार, राहत घाईतेको उपचारमा जुटन सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई अपिल गरेका थिए ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रवार मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १३६ जनाको मृत्यृ भएको र कैयौ घाइते भएको जनाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button