प्रहार समाचार । काठमाडौं, कार्तिक १७ शुक्रबार ।
नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) का लागि आवेदन माग गरेको छ।
२२८ रिक्त अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
आज देखि दरखास्त खुला गरिएको र मंसिर १६ गतेसम्म फारम भर्न पाइने सेनाले बताएको छ।
























