हेडलाईनसमाचारबागमती

दश प्रमुख जिल्ला अधिकारी सहित ४० जना उपसचिवको सरुवा

प्रहार समाचार । काठमाडौं, कार्तिक १६ बिहिबार ।
गृह मन्त्रालयले दस  प्रमुख जिल्ला अधिकारी सहित ४० जना उपसचिवको सरुवा गरेको छ।

गृहले रसुवाका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई बैतडी, सोलुखोम्बुका खिमराज भुसाललाई सुनसरी, मुगुका मोहनबहादुर थापालाई सल्यान, कालिकोटका जोरासिंह माझीलाई बाँके, बझाङका नारायणप्रसाद पाण्डेयलाई सुर्खेत, म्याग्दीका तुल्सीराम पौडेललाई नुवाकोट, मनाङका सुप्रभा ढुंगेल खनाललाई गृह मन्त्रालय, ताप्लेजुङका गोमादेवी चेम्जोङलाई इलाम, हुम्लाका श्रीनाथ पौडेललाई गोरखा र डोल्पाका भुमिश्वर पोखरेललेलाई सिन्धुली सरुवा गरेको हो।

त्यस्तै बझाङको सीडीओमा बिश्वमित्र कुइकेल, दैलेखमा खिमराज भुसाल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, रसुवामा वेदनिधि खनाल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई पठाइएको गृह मन्त्रालयले जानकारि दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button