हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

निश्चल बस्नेतको चलचित्र “दिमाग खराब” कार्तिक २४ मा

प्रहार समाचार । तनहुँ ,कार्तिक ९ बिहिबार ।
निर्देशक एबं नायक निश्चल बस्नेत आफ्नो चलचित्र ” दिमाग खराब” लिएर कार्तिक २४ गते दर्शक माझ प्रस्तुत हुँदै छन्।

यस अघि उनले टलक जंग भर्सेज टुल्के,  लूट र लुट -२ निर्देशन गरी सकेका छन्। तीन ओटै चलचित्रले बक्स अफिसमा भारी रकम संकलन गर्न सफल भई सकेको छ। रौनक विक्रम कँडेल द्वारा निर्मित उक्त चलचित्रमा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायतका कलाकारले अभिनय गरेका छन्

सुमित कंडेल र नम्रता काफ्लेको आवाजमा ‘झम्के माया झम झम’ नामक गीत त तीन हप्ता अगाडि सार्वजनिक गरिसकेका छन्दमा जसमा २० लाख भन्दा बढी भ्युज युट्युवमा आई सकेको छ। आज मात्र चलचित्रको दोस्रो गीत ‘हितैको माया’ रेलिज भएको छ  जसमा गायक सुगम पोख्रेल र इन्द्रकला राईले आफ्नो आवाज दिएका छन्।
अहिलेको घट्दो अर्थतन्त्रको भार सिनेमा जगत मा पनि परेको बेला हप्तै पिक्षे २/३  वटा चलचित्र रिलिज भई रहेको छ। यस्तो अवस्थामा फ्याट्ट फुट्ट मात्र चलेका छन्। कतिपय त एक दिन भित्रमै हलबाट निष्कासन भई रहेको छ।  यस्तो स्थितिमा पशुपति प्रसाद : भष्मे डन , परदेशी २ जस्ता सिक्वेलले मात्र व्यापार गर्न सफल भए। दर्शकले निश्चल बस्नेतको कमब्याक  धेरै समय देखि कुरी रहेको बेला उनको प्रस्तुति कस्तो होला भनेर सबैलाई कौतुहलता भइरहेको छ। प्रतीक्षा गरौं।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button