प्रहार समाचार | कार्तिक ९ बुधबार ।
अमेरिकाको मेन राज्यस्थित लुइस्टन शहरमा भएको मास शूटिङमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
बुधवार राति भएको घटनामा २२ जनाको मृत्यु भएको र ५० देखि ६० जना घाइते भएको सीएनएनले जनाएको छ ।
आक्रमणकारी अझै नियन्त्रणमा नआएकाले सुरक्षित रूपमा घरमा नै बस्न प्रहरीले शहरवासीलाई आग्रह गरेको छ । लुइस्टन मेन राज्यको दोस्रो ठूलो शहर हो ।
प्रहरीले सामाजिक सञ्जालमार्फत सन्दिग्ध व्यक्तिको तस्वीर पनि सार्वजनिक गरेको छ । सीसीटीभी फूटेजबाट लिइएको धमिलो तस्वीरमा दारी पालेको र खैरो रंगको कमिज तथा जिन्स प्यान्ट लगाएको व्यक्तिलाई देख्न सकिन्छ । प्रहरीले घटनाको अनुसन्धान र सन्दिग्ध व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
























