हेडलाईनसमाचारमनोरञ्जनखेलकुद

नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

प्रहार समाचार | तनहुँ, कात्तिक ७ । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । बायोमास ओभल, क्वालालाम्पुर, मलेसियामा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा १७८ रनमात्रै बनाएर समेटियो । नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो।

नेपालले ब्याटिङ गर्नेक्रममा २८० रन ८ विकेटको क्षतिमा बनायो र पुरै ओभर खेल्यो । सबैभन्दा बढी देव खनालले बनाए । उनले ९२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १०० रन बनाई उत्कृष्ट प्रदर्शन गरेर सतक प्रहार गरे । उत्तम मगरले ५७ रन बनाए र अर्जुन कुमालले ५५ रन बनाएका थिए।
नेपालको सुरुआत भने खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।

बलिङतर्फ आकाश त्रिपाठीले ४ विकेट लिए। उनले मात्र ३६ रन खर्च गरे र ५ ओभर प्रहार गरे । संसदलाई सुवास भण्डारीले ३ आकाश चन्दले २ र हेमन्त धामीले १विकेट लिए। वर्षाका कारण खेल अवरुद्ध भएपछि २७ स्वरमा छुट्टिएर डकवर्थ लुइस मेथड अपनाइयो र नयाँ लक्ष्य १९८ निर्धारण गरिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा ध्रुव परशरले सर्वाधिक ५९ रन बनाए । उनले ४९ बल सामना गर्दै पाँच चौका र २ छक्का लगाएका थिए । यूएईका आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपाल च्याम्पियन बन्दै सोतह यू-१९ एसिया कपमा छनोट भइसकेको छ । दोस्रो र तेस्रो भएका युएई र जापान पनि एसिया कपमा छनोट भएका छन् । एसियाकप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button