हेडलाईनसमाचार

बीपी विचार समाज र सांसद वाग्ले बीच भेटघाट

दमौली, असोज ७

बीपी विचार समाज र तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्लेबीच भेटघाट भएको । शनिबार दमौलीमा भेटघाट भएको हो । बीपी विचार समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, समाजको गण्डकी प्रदेशका सचिव वरिष्ठ अधिवक्ता परशुराम गिरी, समाजको जिल्ला सल्लाहकारहरु ज्योतीकुमार श्रेष्ठ, अधिवत्ता गोविन्द पन्थ जिल्ला कोषाध्यक्ष भिमकुमार श्रेष्ठ, सहसचिव केशमाया गुरुङ केसु, सदस्य इन्द्रबहादुर दरै, प्रतापसिंह अधिकारी, विष्णप्रसाद श्रेष्ठ, नरनाथ काफ्ले, आमन्त्रित सदस्यद्धय इन्जिनियर दिर्घबहादुर थापा, राजकुमार श्रेष्ठ लगायतले जिल्लाको विकास निर्माण, समसामयिक राजनीति आदिको बारेमा छलफल गर्नु भएको थियो । सो अवसरमा सांसद वाग्लेले विकासको निर्माणको लागि सबैको भावानालाई समेटेर काम गर्ने बताउनुभयो । विकासको लागि समाजले पनि साथ दिनु पर्ने उहाँले बताउनुभयो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button