हेडलाईनसमाचारगण्डकीबागमती

ट्राफिक प्रहरीको अनुभव बोकेर तनहुँ आउँदै एसपी सुवेदी, जिल्ला प्रहरीको नेतृत्व सम्हाल्ने

प्रहार समाचार । काठमाडौं, १३ मंसिर २०८३ आइतबार । काठमाडौं उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापनदेखि सडक अनुशासन कायम गर्ने जिम्मेवारीसम्म करिब १४ महिना प्रवक्ताको भूमिका निर्वाह गरेका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी अब तनहुँको सुरक्षा कमान्ड सम्हाल्न आउने भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रममा उनलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेको उपस्थितिमा आयोजित कार्यक्रममा सुवेदीको कार्यकालको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरिएको थियो।

करिब १४ महिना ट्राफिक प्रहरीको प्रवक्ताका रूपमा काम गर्दा सुवेदीले सडक सुरक्षा, ट्राफिक अनुशासन र कार्यालयका गतिविधिबारे सूचना प्रवाह गर्ने जिम्मेवारी सम्हालेका थिए।

राजधानीको ट्राफिक व्यवस्थापनसँग जोडिएको अनुभव र कार्यसम्पादनको पृष्ठभूमि बोकेर उनी अब जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुख बन्ने तयारीमा छन्। काठमाडौंको अनुभवलाई जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कसरी उपयोग गर्छन् भन्ने चासो पनि बढेको छ।सुवेदीको तनहुँ आगमनसँगै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह र नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

राजधानीको ट्राफिक प्रहरी कार्यालयबाट बिदाइ भएका सुवेदीका लागि तनहुँको जिम्मेवारी नयाँ कार्यक्षेत्र मात्र होइन, कार्यक्षमता प्रमाणित गर्ने अर्को परीक्षा पनि हुनेछ। काठमाडौंमा ‘फेरि भेटौँला’ भन्दै बिदाइ भएका उनी अब तनहुँमा कस्तो प्रहरी नेतृत्वका रूपमा प्रस्तुत हुन्छन् भन्ने प्रतीक्षाको विषय बनेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button