हेडलाईनसमाचारबागमती

राजनीतिक स्वतन्त्रतापछि अब आर्थिक क्रान्ति : चौधरीको कांग्रेस रूपान्तरणको संकल्प

प्रहार समाचार । काठमाडौं, २२ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फबाट उपसभापति पदमा उम्मेदवारी दिएका विनोदकुमार चौधरीले कांग्रेसको आगामी यात्रा केवल नेतृत्व परिवर्तनमा सीमित नराखी आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गर्ने संकल्प अघि सारेका छन्।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई राजनीतिक आधार बनाउँदै चौधरीले राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेको कांग्रेसले अब आर्थिक समृद्धि र परिवर्तनको नेतृत्व गर्नुपर्ने धारणा अघि सारेका हुन्।चौधरीले बदलिँदो समय र विश्व परिवेशअनुकूल कांग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दिशासहित अघि बढाउनुपर्ने बताएका छन्। राजनीतिक अधिकारको आन्दोलनमा कांग्रेसले खेलेको भूमिकापछि अब उत्पादन, रोजगारी, उद्यमशीलता, लगानी र आर्थिक अवसर विस्तारलाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्ने उनको सन्देश छ।

यससँगै १५औँ महाधिवेशन कांग्रेसका लागि नेतृत्व चयनसँगै पार्टीको आर्थिक र राजनीतिक दिशामाथि बहस गर्ने अवसरसमेत बनेको देखिन्छ।उम्मेदवारी दर्तापछि चौधरीले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन्। “राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्ने गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसलाई अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गरी नयाँ इतिहास लेख्ने” संकल्पसहित आफू चुनावी मैदानमा आएको उनको भनाइ छ। अब कांग्रेसको नेतृत्वले इतिहासको विरासत जोगाउने मात्रै होइन, त्यसलाई आर्थिक समृद्धिसँग जोडेर नयाँ राजनीतिक कार्यदिशा तय गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न १५औँ महाधिवेशनको बहसमा जोडिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button