आँबुखैरेनीहेडलाईनसमाचारबन्दीपुरगण्डकी

दुर्घटना न्यूनीकरणका लागि तनहुँ प्रहरीको सचेतना अभियान निरन्तररता

प्रहार समाचार । तनहुँ, २२ असोज २०८३ बिहीबार । मुग्लिन–पोखरा सडकखण्डमा बढ्दो सवारी जोखिमलाई मध्यनजर गर्दै तनहुँ प्रहरीले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धिका लागि सचेतना अभियानलाई निरन्तरता दिएको छ।

सडकमा नियम मिच्ने, तीव्र गति र असावधानीपूर्ण ओभरटेकजस्ता व्यवहार दुर्घटनाको प्रमुख जोखिम बन्न सक्ने भएकाले प्रहरीले चालकलाई जिम्मेवार र अनुशासित बन्न आग्रह गर्दै अभियान सञ्चालन गरिरहेको छ ।अभियानअन्तर्गत प्रहरीले तीव्र गति नियन्त्रण गर्न, ओभरटेक गर्दा विशेष सावधानी अपनाउन, सवारीसाधनको अवस्था नियमित जाँच गर्न तथा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न चालकलाई सचेत गराउँदै आएको छ।

विशेषगरी निर्माण तथा स्तरोन्नतिको क्रममा रहेको सडकखण्डमा चालकको सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले गति र सावधानीलाई प्राथमिकतामा राख्न प्रहरीले जोड दिएको छ।सडक सुरक्षा केवल प्रहरीको निगरानीले मात्र सुनिश्चित नहुने भएकाले चालक, यात्रु र सडक प्रयोगकर्ता सबै जिम्मेवार बन्नुपर्ने प्रहरीको भनाइ छ। नियम उल्लंघन गरेर गन्तव्यमा केही मिनेट छिटो पुग्नेभन्दा सुरक्षित रूपमा गन्तव्यमा पुग्नु महत्वपूर्ण भएकाले ‘गति होइन, सुरक्षा पहिलो प्राथमिकता’ भन्ने सन्देशसहित तनहुँ प्रहरीले सचेतना अभियानलाई प्रभावकारी बनाउँदै लगेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button