हेडलाईनव्याससमाचारगण्डकी

सडक भासिएको ठाउँमा युवाको ‘सावधानी बोर्ड’ : दुर्घटना रोक्न सुदीपसहित युवाको पहल

प्रहार समाचार । तनहुँ, १८ असोज२०८३ आइतबार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा सडक भासिएको जोखिमपूर्ण स्थानमा दुर्घटना न्यूनीकरणका लागि युवाहरूले आफैं ‘सडक भासिएको छ, बिस्तारै’ लेखिएको सावधानी बोर्ड राखेका छन् ।

सडकको अवस्था जोखिमपूर्ण भए पनि पर्याप्त पूर्वसूचना नहुँदा दुर्घटनाको सम्भावना बढ्ने अवस्थालाई मध्यनजर गर्दै दमौलीका सुदीप गफ्फारसहितका युवाले यात्रु तथा सवारी चालकलाई सचेत गराउने उद्देश्यले बोर्ड राखेका हुन् ।सडक भासिएको स्थानमा सवारीसाधन तीव्र गतिमा गुड्दा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले बोर्डले चालकलाई समयमै सतर्क गराउने अपेक्षा गरिएको छ । सम्बन्धित निकायले सडकको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने भए पनि तत्कालका लागि जोखिमयुक्त स्थान पहिचान गराएर यात्रुलाई सावधान गराउने काममा युवाहरूको पहल उदाहरणीय देखिएको छ ।

सडक मर्मतको प्रतीक्षामा रहेको ठाउँमा युवाहरूले चेतावनीको शब्दमार्फत ‘पहिले सुरक्षा’को सन्देश दिएका छन् । उक्त कार्यमा मनोज र कृष्ण प्रजापतीले साथ तथा सहयोग गरेका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सानो प्रयासले पनि ठूलो क्षति रोक्न सक्ने भएकाले युवाहरूको यो पहलले यात्रु र चालकलाई थप सचेत बनाउने विश्वास गरिएको छ । साथै, सडक भासिएको स्थानमा तत्काल आवश्यक सुरक्षा प्रबन्ध तथा दीर्घकालीन मर्मतसम्भार गर्न सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने देखिन्छ । य



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button