• विजय अधिकारी (संवाददाता) लमजुङ, १७ असोज २०८३ शनिबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङ प्रदेशसभा ‘ख’को सभापति पदमा इन्जिनियर दीपेन्द्र रावल र अमृत न्यौपानेबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै उम्मेदवारले समान ३ सय २४ मत प्राप्त गरेपछि निर्वाचन परिणाम बराबरीमा अड्किएको हो।

सभापति पदमा एक जना प्रतिनिधि चयन हुने व्यवस्था रहेकाले समान मत आएपछि अब परिणाम कसरी टुंग्याउने भन्ने विषय पेचिलो बनेको छ। बराबरी मतपछि निर्वाचन प्रक्रिया र परिणाम घोषणाको विषयमा सम्बन्धित पक्षबीच सहमति जुट्न सकेको छैन।
रावल र न्यौपाने दुवैले समान मत पाएपछि लमजुङ कांग्रेसको प्रदेशसभा ‘ख’को नेतृत्व चयन थप रोचक बनेको छ। मत बराबरीले तत्कालै विजेता घोषणा गर्ने बाटो रोकिएपछि अब निर्वाचन समितिले अपनाउने प्रक्रियातर्फ सबैको ध्यान केन्द्रित भएको छ।






















