हेडलाईनव्याससमाचारगण्डकी

तीज मेला रोक्दै महिला उद्यमी संघ नेपाल तनहुँले बाढीपीडितलाई दियो ४५ हजार बढी सहयोग

प्रहार समाचार । तनहुँ, १५ भदौ २०८३ सोमबार । उत्सवमा खर्च गर्ने रकम विपद्मा परेका नागरिकको सहयोगमा लगाउँदै महिला उद्यमी संघ तनहुँले बाढीपहिरो प्रभावितका लागि ४५ हजार २ सय ५४ रुपैयाँ सहयोग गरेको छ। संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला संघले भदौ १५ गते आयोजना गर्ने तयारी गरेको ‘महिला तीज विशेष सिर्जनशील उद्यमी मेला’ समेत स्थगित गरेको छ।

संघकी अध्यक्ष निर्मला मल्लका अनुसार तीजको उत्सवभन्दा विपद्मा परेका नागरिकको उद्धार, राहत र सहयोगलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरिएको हो।संघले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबैको दायित्व भएको भन्दै प्रभावित परिवारको पीडामा साथ दिनुपर्नेमा जोड दिएको छ। तीज मेला स्थगित गरेर बचत भएको रकम तथा संघको पहलबाट संकलित रकमलाई राहतमा उपयोग गरिएको संघले जनाएको छ।

महिला उद्यमी संघ तनहुँले विपद्का बेला उत्सव र मनोरञ्जनभन्दा मानवीय सहयोग महत्वपूर्ण हुने सन्देश दिँदै अन्य संघसंस्था तथा समुदायलाई समेत प्रभावितको सहयोगमा जुट्न आह्वान गरेको छ। संघका अनुसार अहिलेको प्राथमिकता बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button