हेडलाईनव्याससमाचारगण्डकी

भजनकीर्तनबाट उठेको दक्षिणा बाढीपीडितको सहारा : तनहुँको दमौलीमा रहेको ग्रीन सिटी आमा समूहले दियो ५० हजार

प्रहार समाचार । तनहुँ, १३ भदौ २०८३ शनिबार । धार्मिक आस्था र सामाजिक सेवाबीचको सुन्दर उदाहरण प्रस्तुत गर्दै तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित ग्रीन सिटी आमा समूहले भजनकीर्तनबाट संकलित रकम रसुवा बाढीपीडितका लागि सहयोग गरेको छ। समूहले प्रत्येक एकादशीमा आयोजना गर्दै आएको भजनकीर्तनबाट संकलित ५० हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

समूहका अध्यक्ष निर्मला श्रेष्ठका अनुसार धार्मिक कार्यक्रमबाट प्राप्त रकमलाई व्यक्तिगत वा अन्य प्रयोजनमा खर्च नगरी विपद्मा परेका नागरिकको सहयोगमा लगाइएको हो। बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा पीडित परिवारको दुःखमा साथ दिन सहयोग रकम प्रदान गरिएको उनले बताइन्।अध्यक्ष श्रेष्ठले धर्म केवल पूजा र आराधनामा सीमित नभई दुःखमा परेका मानिसको सेवासँग जोडिनुपर्नेमा जोड दिइन्।

एकादशीमा श्रद्धालुबाट प्राप्त सहयोगलाई विपद्का बेला आवश्यक परेका परिवारसम्म पुर्‍याउन सके धार्मिक कार्यक्रमको सामाजिक महत्व अझ बढ्ने उनको भनाइ थियो।ग्रीन सिटी आमा समूहले आफ्नो नियमित धार्मिक गतिविधिलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपद्पीडितका लागि सहयोग गरेको हो। समूहले सानो–सानो सहयोग पनि एकत्रित हुँदा विपद्मा परेका परिवारका लागि महत्वपूर्ण राहत बन्न सक्ने भन्दै आगामी दिनमा पनि मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button