हेडलाईनव्याससमाचारगण्डकी

तनहुँका विश्वकर्मा असार महिनाको उत्कृष्ट प्रहरी घोषित

तनहुँ, १६ साउन २०८३ शनिबार । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कमलबहादुर विश्वकर्मा २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले विश्वकर्मालाई अपराध अनुसन्धान, गम्भीर तथा जघन्य प्रकृतिका पेन्डिङ मुद्दा फर्छ्योट, फरार प्रतिवादी पक्राउ लगायतका कार्यमा उत्कृष्ट काम गरेकाेमा उत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ । साथै उनले नियन्त्रणमा विभागीय नीति–निर्देशनअनुसार उच्च व्यावसायिक दक्षताका साथ जिम्मेवारी निर्वाह गरेकाले ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८१’ बमोजिम उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा छनोट भएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले उत्कृष्ट प्रहरी घोषित भएका विश्वकर्मालाई बधाई दिँदै आगामी दिनमा पनि यही समर्पण र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button