शिक्षाव्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको महेन्द्र ज्योति माविका प्रधानाध्यापक काफ्लेको निधन

प्रहार समाचार । तनहुँ, २८ असार २०८३ आइतबार । तनहुँको व्यास नगरपालिका–६, सिसाघाटस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेको निधन भएको छ । ५८ वर्षीय काफ्लेको आज विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रधानाध्यापक काफ्लेलाईलाई रगतमा सेतो रक्तकोष (श्वेत रक्तकण) को मात्रा अत्यधिक कमी भएपछि उपचारका लागि असार १६ गते ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो। काफ्ले विगत ३४ वर्षदेखि महेन्द्र ज्योति माध्यमिक विद्यालयमा सेवारत रहँदै आएका थिए। उनी शिक्षा क्षेत्रमा अनुशासित, सरल, इमानदार तथा विद्यार्थीमैत्री शिक्षकका रूपमा परिचित थिए। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा उनले पुर्‍याएको योगदानलाई विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायले उच्च सम्मानका साथ स्मरण गरेका छन्।

प्रधानाध्यापक काफ्लेको निधनले विद्यालयले एक अनुभवी, समर्पित र कुशल शैक्षिक नेतृत्व गुमाएको भन्दै विद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ। महेन्द्र ज्योति माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष भानु चापागाईले काफ्लेको निधनले विद्यालय र समग्र शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। विभिन्न व्यक्ति तथा संस्थाहरूले पनि काफ्लेको योगदानको कदर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। काफ्लेको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनका श्रीमती र दुई छोरा रहेका छन्। काफ्लेको निधनप्रति विभिन्न संघसंस्था, शिक्षाप्रेमी तथा स्थानीयवासीले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button