हेडलाईनसमाचारबागमती

एक्सनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग : देउवालाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहार समाचार । काठमाडौं, २३ असार २०८३ मंगलबार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर सिंह देउवालाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

विभागले २०८३ असार २२ गते जारी गरेको सूचनाअनुसार सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक सात दिनभित्र कार्यालय समयमा हरिहर भवन, ललितपुरस्थित कर्मचारी सञ्चयकोष भवनको ब्लक ‘बी’ मा रहेको विभागको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।विभागका अनुसार अनुसन्धानको क्रममा देउवासँग केही विषयमा सोधपुछ गर्न आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशित गरी उपस्थित हुन भनिएको हो।

सूचनामा उनको स्थायी ठेगाना साविक कन्यापधुरा गाउँ विकास समिति–१, डडेलधुरा तथा हालको ठेगाना बुढानीलकण्ठ नगरपालिका–२, काठमाडौं उल्लेख गरिएको छ। साथै उनको नेपाली नागरिकता नम्बर १०६०/८५८६० रहेको जनाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिएको छ। विभागले जारी गरेको सूचना संयुक्त अनुसन्धान टोलीका सदस्यबाट हस्ताक्षरित रहेको छ। विभागले अनुसन्धान प्रक्रियामा सम्बन्धित व्यक्तिको उपस्थितिलाई कानुनी दायित्वका रूपमा लिनुपर्ने उल्लेख गर्दै सार्वजनिक सूचनामार्फत उपस्थित हुन आह्वान गरेको हो। हालसम्म विभागले उक्त अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button