आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकीस्वास्थ्य

तनहुँ जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना प्रमाण–पत्रबाट सम्मानित

तनहुँ, असार २२ – तनहुँ जिल्ला पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप सुनिश्चित गरी पूर्णखोपको दिगोपना कायम राख्न सफल भएको छ।

सो उपलब्धिको कदर गर्दै गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश खोप समन्वय समितिको सचिवालय, पोखराले जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपनाको जिल्ला प्रमाण–पत्र प्रदान गरेको छ।प्रदेश खोप समन्वय समितिका अनुसार तनहुँले पूर्णखोप सुनिश्चितता निर्देशिकाले तोकेका सम्पूर्ण मापदण्ड तथा प्रक्रिया पूरा गर्दै लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याएको पुष्टि भएपछि उक्त प्रमाण–पत्र प्रदान गरिएको हो। मन्त्रालयले जिल्लाले हासिल गरेको उपलब्धिले बाल स्वास्थ्य प्रवर्द्धन तथा खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ।प्रमाण–पत्रमा तनहुँ जिल्लाले पूर्णखोप सुनिश्चितताका लागि गरेको अथक प्रयासको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि पूर्णखोपको अवस्था निरन्तर कायम राख्ने अपेक्षा व्यक्त गरिएको छ।

यसले नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी, दिगो र सर्वसुलभ बनाउने अभियानमा जिल्लाको प्रतिबद्धतालाई समेत पुष्टि गरेको उल्लेख गरिएको छ।गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव तथा प्रदेश खोप समन्वय समितिका अध्यक्ष डा. युवानिधि बसौला र मन्त्रालयका अतिरिक्त सचिव तथा समितिका सदस्य–सचिव खिमबहादुर खड्काद्वारा हस्ताक्षरित उक्त प्रमाण–पत्र २०८३ असार २२ गते प्रदान गरिएको हो। स्वास्थ्य मन्त्रालयले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवालाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button