प्रहार समाचार । तनहुँ, १० जेठ २०८३ आइतबार । तनहुँको ऋषिङ्ग गाउँपालिका–१ निवासी खेम बहादुर थापा लामो समयदेखि रक्त क्यान्सर रोगसँग संघर्षरत छन् । निरन्तर उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा परिवार आर्थिक रूपमा कमजोर बनेको छ । उपचारमा ठूलो रकम खर्चिनुपर्दा परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन हुन थालेपछि अहिले सहयोगको अपिल गरिएको हो ।

ऋषिङ्ग गाउँपालिका वडा नं. १ कार्यालयले जारी गरेको सिफारिस पत्रमा थापाको उपचारका लागि सहयोग जुटाइदिन व्यक्ति, संघ–संस्था तथा सहयोगी मनहरूलाई अनुरोध गरिएको छ । वडा कार्यालयका अनुसार लामो समयदेखि उपचार गराउँदा परिवारले आर्थिक भार धान्न नसक्ने अवस्था सिर्जना भएको हो । खेमबहादुरका दाजु तथा गाउँपालिकाका सदस्य भिम बहादुर थापाले भाइको उपचारका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले आर्थिक अभावका कारण उपचार प्रभावित हुन सक्ने अवस्था रहेकाले देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, संघ–संस्था र सहयोगी मनहरूलाई मानवीय सहयोग गर्न अपिल समेत गरेका छन् । वडा अध्यक्ष कुश बहादुर थापा द्वारा जारी पत्रमा खेमबहादुर थापाको स्थायी ठेगाना ऋषिङ्ग गाउँपालिका–१ तनहुँ उल्लेख गरिएको छ । सहयोगका लागि लक्ष्मी सनराइज बैंडक र माछापुच्छ्रे बैङ्क दमौली शाखाको Laxmi Sunrise Bank त खाता नम्बर ००४२६०४६३३४ र ०२९००२३२५७६०००११ उपलब्ध गराइएको छ । साथै थप जानकारी वा सहयोगका लागि ९८६४८९९८४७ र ९८०६५९०७११ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
























