हेडलाईनसमाचारसबै प्रदेश

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा शपथ ग्रहण ।

प्रहार समाचार । काठमाडौँ, ११ चैत्र २०८२ बुधबार ।नेपाली कांग्रेसका ज्येष्ठ सदस्य तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ७८ वर्षीय केसीले आज शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।नेपालको संविधानअनुसार प्रतिनिधि सभाको पहिलो बैठकअघि ज्येष्ठ सदस्यलाई राष्ट्रपति समक्ष शपथ गराइने व्यवस्था छ। सोही प्रावधानअनुसार केसीले शपथ लिएका हुन्।

अब केसीले प्रतिनिधि सभाका अन्य सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी निर्वाह गर्नेछन्।ज्येष्ठ सदस्यका रूपमा केसीले प्रारम्भिक बैठकको अध्यक्षता गर्दै सभामुख चयन प्रक्रियालाई अघि बढाउनेछन्। संसद् सञ्चालनको सुरुवाती चरणमा उनको भूमिका महत्वपूर्ण रहनेछ। लामो राजनीतिक अनुभव बोकेका केसी नेपाली कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनको नेतृत्वमा अब संसद् बैठकको प्रारम्भिक कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button