प्रहार समाचार । काठमाडौं, २७ फागुन २०८२ बुधबार ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रतामा देखिएको छ। हालसम्म को पछिल्लो मत गणना अनुसार रास्वपाले ५१ लाख ८३ हजार ३ ४ सय ९३ मत प्राप्त गरि अग्र स्थानमा आएको छ। हालसम्म गणना भएको मत अनुसार कुल १,०८,३५,०२७ मत खसेको आयोगले जनाएको छ।

यसले पार्टीप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढेको संकेत गरेको विश्लेषण गरिएको छ। त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ मत प्राप्त गरेर दोस्रो स्थान र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ लाख५५ हजार८ सय ८५ मत पाएको छ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ लाख११ हजार ५ सय७७ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८ सय ५६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६ सय ८४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ८२ हजार २ सय ८५ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४ सय ९३ मत प्राप्त गरेको छ। नेपालको निर्वाचन प्रणाली अनुसार समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतको अनुपातका आधारमा प्रतिनिधि सभामा सांसद संख्या निर्धारण हुने व्यवस्था छ। पछिल्लो मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रभाव अझ सुदृढ बन्दै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

निर्वाचन आयोगका अनुसार बाँकी मतको अन्तिम गणनासँगै समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

























