हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको मौरीभिरमा बस र स्कुटर दुर्घटना : एक जनाको मृत्यु

प्रहार समाचार । तनहुँ, २८ मंसिर २०८२ आइतबार । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीभिरस्थित पृथ्वीराजमार्गमा भएको सवारी दुर्घटनाले एक जनाको ज्यान गएको छ। आइतबार दिउँसो दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको पृथ्वीराजमार्ग बस र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई तत्काल उपचारका लागि जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा पठाइएको थियो। तर उपचारकै क्रममा दिउँसो १:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

मृतक स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–७ भारकोट निवासी ५१ वर्षीय लेशबहादुर थापा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक स्याङ्जा आँधीखोला गाउँपालिका–५ घर भई हाल कास्की पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका ५१ वर्षीय चुडामणि शर्मा पोखरेललाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाका कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button