हेडलाईनव्याससमाचारगण्डकी

व्यासमा रास्वपाको आन्तरिक लोकतन्त्र अभ्यास : नगर अधिवेशनको कार्यतालिका सार्वजनिकम

प्रहार समाचार । तनहुँ, २८ मंसिर २०८२ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले नगर अधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। नगर समितिका सभापति चुडामणी दाहालले कार्यतालिका सार्वजनिक गर्दै निर्धारित मितिमै अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सार्वजनिक कार्यतालिकाअनुसार अधिवेशनलाई व्यवस्थित, सहभागितामूलक र पारदर्शी बनाउने लक्ष्य राखिएको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै संगठनलाई थप सबल बनाउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको नगर समितिले जनाएको छ।

नगर अधिवेशनमार्फत नेतृत्व चयनसँगै संगठनात्मक संरचना मजबुत बनाउने र आगामी राजनीतिक गतिविधिका लागि स्पष्ट दिशा तय गर्ने तयारी गरिएको छ। यसले स्थानीय तहमा पार्टीको सक्रियता र जनआधार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगर समितिले सबै नगर सदस्य, प्रतिनिधि तथा सरोकारवालालाई कार्यतालिकाअनुसार समयमै उपस्थित भई अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। अधिवेशनलाई व्यास नगरभित्र पार्टीको संगठनात्मक सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button