हेडलाईनसमाचारसबै प्रदेशखेलकुद

एनपीएल–२ मा उपाधिसँगै कप्तान पौडेलले कार जितेर बने सिजनका नायक

प्रहार समाचार । काठमाडौँ, २७ मंसिर २०८२ शनिबार । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजन लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलका लागि ऐतिहासिक बनेको छ। टोलीलाई च्याम्पियन बनाउँदै उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जितेपछि कार पुरस्कार हात पार्दै सिजनका सबैभन्दा चर्चित पात्र बनेका छन् ।

नेपाली क्रिकेटको नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने पौडेलले मैदानभित्रको नेतृत्व, निरन्तर प्रदर्शन र दबाबपूर्ण खेलमा देखाएको परिपक्वताले लुम्बिनीलाई पहिलो पटक एनपीएलको सिंहासनमा पुर्‍यायो। उपाधिसँगै आएको व्यक्तिगत सम्मानले उनको कप्तानी क्षमतालाई अझ बलियो रूपमा स्थापित गरेको छ।

कार पुरस्कारको दौडमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी पनि थिए। उत्कृष्ट प्रदर्शनका बाबजुद सुदूरपश्चिम फाइनलमा फेरि उपविजेतामा सीमित भएपछि भण्डारी पुरस्कारबाट वञ्चित भए। लगातार दोस्रो सिजन उपविजेतामा रोकिँदा सुदूरपश्चिमको उपाधि सपना फेरि अधुरै रह्यो।

एनपीएल–२ ले रोहितकुमार पौडेललाई केवल ट्रफी जित्ने कप्तान मात्र होइन, नेपाली घरेलु क्रिकेटको नयाँ ‘पोस्टर ब्वाय’का रूपमा उभ्याएको छ। उपाधि, व्यक्तिगत सम्मान र कार पुरस्कारसँगै उनको यो सिजन भविष्यका लागि पनि स्मरणीय बनेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button