हेडलाईनसमाचारसबै प्रदेश

सेनामा ठूलो संख्याको भर्ना खुल्यो : प्राविधिकदेखि बिल्लादारसम्म अवसर

प्रहार समाचार । काठमाडौँ,२७ मंसिर २०८२ शुक्रबार । नेपाली सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फका पदमा ठूलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ।

सेनाले तीन सय ८८ जनाको संख्यामा कर्मचारी भर्ना खुला गरेकाे जनाएको छ। जंगी अड्डा अन्तर्गतको भर्ना छनोट निर्देशनालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई पुस २६ गतेसम्म दरखास्त दिन आग्रह गरेको हो।

सेनाको यसपटकको भर्ना ग्रामीण तथा मध्यम वर्गीय युवाका लागि आकर्षक अवसरका रूपमा हेरिएको छ। १० कक्षा पासदेखि सम्बन्धित प्राविधिक योग्यता भएका उम्मेदवारसम्म आवेदन दिन पाउने व्यवस्था मिलाइएको हुँदा ठूलो संख्यामा आवेदक भीडिने अनुमान सम्बन्धित अधिकारीहरूको छ।

सूचना अनुसार विभिन्न प्राविधिक शाखा, हवाई सेवा तथा बिल्लादार पदहरूमा आवश्यक जनशक्ति भर्ना गर्न लागिएको हो। लामो समयदेखि स्थिर रोजगार र सामाजिक प्रतिष्ठा खोज्दै आएका युवाका लागि सेनाको सेवा ‘विश्वसनीय करियर’ मानिँदै आएको छ।

दरखास्त आजदेखि अनलाइन तथा सम्बन्धित भर्ना केन्द्रमार्फत दिन सकिने सेनाले जनाएको छ। पुस २६ पछि आउने दरखास्त अस्वीकृत हुने जानकारीसमेत सूचनामा उल्लेख छ। सेनाले सार्वजनिक परीक्षण प्रक्रिया पारदर्शी हुने दाबी गर्दै योग्य र सक्षम उम्मेदवारहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button