हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ काङ्ग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका दर्जनौँ आकांक्षीहरुको नाम सिफारिस

प्रहार समाचार । तनहुँ, २६ मंसिर २०८२ शुक्रबार । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस तनहुँले दुवै क्षेत्रबाट ठूलो संख्यामा नाम सिफारिस गरेको छ। आज सम्पन्न जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरी तीनै तहका उम्मेदवार सिफारिससूची केन्द्रमा पठाएको हो।

जिल्ला सचिव लक्ष्मीभक्त खनालले नाम दर्ता गराएका सबै आकांक्षीलाई सिफारिसमा समेटिएको छ। केन्द्रीय समितिले न्यूनतम एक महिला सहित तीनजनाको नाम मागेको भए पनि तनहुँले आन्तरिक प्रतिस्पर्धा र समावेशीता ध्यानमा राख्दै ठूलो संख्यामा पठाएको बताइएको बताए ।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा. जगदीशचन्द्र पोख्रेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल र उद्धव पौडेलको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ दलित, महिला, अपाङ्ग–अल्पसङ्ख्यक र अन्य समूह समेटिने गरी डोवाटे विक, यमुना विक, चिनु पोख्रेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन, समुन्द्र गोदार र हरिदत्त पौडेल सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शङ्कर भण्डारी सहित प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम केन्द्रमा पठाइएको छ।

राष्ट्रिय सभाका लागि ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा. कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी, कुलचन्द्र वाग्ले र विद्या खनाल गरी सात जनाको नाम सिफारिस सूचीमा परेका छन् ।

क्षेत्र नम्बर १ र २ दुवै संसदीय समितिबाट प्राप्त सिफारिस गण्डकी प्रदेश कार्यसमितिमार्फत केन्द्रीय समितिमा पठाइएको सचिव खनालले जानकारी दिए। निर्वाचन नजिकिँदै जाँदा काङ्ग्रेस तनहुँमा देखिएको व्यापक आकांक्षा र प्रतिस्पर्धाले अन्तिम उम्मेदवार चयन प्रक्रिया चासोको विषय बनेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button