हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा नीति, कार्यक्रम र बजेट तर्जुमा कार्यक्रम

प्रहार समाचार । तनहुँ, १३ असार २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिका वडा नं-१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम, योजना र बजेट तर्जुमा कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसको बजेट र योजना तर्जुमा गर्दा सरोकारवाला सहभागिता र व्यावहारिक आवश्यकतालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका आर्थिक सह-नियन्त्रक पुष्पराज पौडेलले नीति, कार्यक्रम, योजना र बजेटको संरचना, तयारीका चरणहरू, सरोकारवालाको भूमिका तथा समावेश गर्नुपर्ने विषयवस्तुहरूबारे चर्चा गरेका थिए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको आगामी वर्षको नीति, कार्यक्रम तथा योजना प्रस्तुत गरे भने लेखापाल कृष्ण मुरारी पौडेलले बजेट प्रस्ताव पेश गरेका थिए ।

कार्यक्रममा क्याम्पसका आन्तरिक लेखा परीक्षण समितिका संयोजक ठाकुर बहादुर दरै, व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगाना, आमन्त्रित सदस्य विष्णुभक्त न्यौपाने, स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष अनुप आले लगायतले नीति, कार्यक्रम र बजेटमाथि सुझाव दिएका थिए । उपाध्यक्ष खरसिंङ दरै, सञ्चालक समिति सदस्यहरू, आन्तरिक लेखा परीक्षण समितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू, शिक्षक, कर्मचारी, विद्यार्थी युनियन र क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button