आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीसाहित्य

तनहुँको ऐनापहरामा कविता र भावनाको संगम

प्रहार समाचार । तनहुँ, ७ असार २०८२ शनिवार । तनहुँको आबुखैरेनी गाउँपालिका–१ स्थित ऐनापहरामा शनिबार ‘ऐनापहरामा कविता’ शीर्षकमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। सभ्य र सुसंस्कृत समाज निर्माणमा साहित्यको भूमिकालाई केन्द्रमा राख्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न स्थानबाट आएका कविहरूले आफ्ना रचना सुनाएका थिए।

स्थानीय नेतृत्वद्वारा साहित्यिक सर्जकलाई स्वागत
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कविता बाचनमा सहभागी सम्पूर्ण साहित्यकारलाई स्वागत गर्दै याता कार्यक्रमले यहाँको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए । उनले साहित्यले समाजमा चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले सृजनात्मक अभिव्यक्तिलाई थप उचाइ दिन सक्ने समेत उल्लेख गरे । ब

कवितामा जीवन, पहाड र यथार्थको समागम
कार्यक्रममा लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे र गण्डकी वाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष सागर उदासले ‘ऐनापहरा’लाई केन्द्रमा राखेर सिर्जना गरेका कविता बाचन गरे। कवि ईश्वर बास्तोलाले ‘जीवन, मन र वास्तविकता’ शिर्षकको कविता प्रस्तुत गर्दा उपस्थित श्रोताहरू भावुक बने। दमौली, आबुखैरेनी र काठमाडौंबाट करिब २० जना साहित्यिक सर्जक सहभागी उक्त कार्यक्रममा कविता मात्र होइन सम्बन्ध र संवेदना पनि अभिव्यक्त भए । कार्यक्रम आबुखैरेनी वाङ्मय प्रतिष्ठानको आयोजनामा र अध्यक्ष अनिल बाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । भ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button