हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकाखेलकुद

जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा रुचाल

प्रहार समाचार । तनहुँ, ८ जेठ २०८२ बिहीवार । जिल्ला बुद्धिचाल सङ्घ तनहुँको नयाँ नेतृत्व चयन गरिएको छ। आज सम्पन्न साधारणसभा तथा अधिवेशनले कृष्ण रुचाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। रुचालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा कृष्ण न्यौपाने, कोषाध्यक्षमा विश्वराज वाग्ले चयन भएका छन्। यस्तै, सदस्यहरूमा चन्द्रकुमार कायस्थ, वीरेन्द्रराज काफ्ले, होमबहादुर राना, पुस्तक न्यौपाने, पदम थापा, विष्णुप्रसाद वाग्ले र गोपाल गिरी निर्मल रहेका छन्।

अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा सानुकाजी यथार्थ र चन्द्रमोहन अधिकारीलाई पनि चयन गरेको छ।कार्यक्रम सङ्घका निवर्तमान अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाले विगतको समीक्षा गर्दै भावी कार्ययोजनाबारे समेत चर्चा गरेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button