हेडलाईनव्याससमाचारगण्डकीऋषिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भोली दमौली आउने

प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८१ आइतवार । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङ भोली सोमवार विहान दमौली आउने भएका छन् ।

तनहुँ जलविद्युत् आयोजनाको आन्तरिक बैठककका लागि उनि भोली आउने भएका हुन् । ‘आन्तरिक बैठक तथा निर्देशनका लागि घिसिङ आउने भएका हुन् । ‘ आयोजना श्रोतले भन्यो । उनि कति बेर बस्छन् , अन्य कुन कुन कार्यक्रममा सहभागी हुन्छन् भन्ने कुरा बहिर ल्याइएको छैन् ।


तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको काम यति बेला धमाधम अगाडी बढिरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button