प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८१ आइतवार । तनहुँको म्याग्दे गाउँपालिकाले व्यवसाय दर्ता अभियानलाई तिभ्रता दिएको छ। पालिकाकाे आयाेजना र तनहुँ उद्योग वाणिज्य संघ थर्पु वजार ईकाइ समितिकाे सहकार्यमा वडा नं. ५ मा व्यवसाय दर्ता अभियानलाई विभ्रता दिएको हो ।

पालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायिलाई कानुनी दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गर्ने काम लाई अगाडी बढाइएको पालिकाले जनाएको छ ।

व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआए पछि अभियानकै रूपमा काम अगाडी बढाइएको पालिकाका आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्याैपानेले बताए ।

वडामा हाेटल, किराना, कृषि , मासुपसल, स्टेशनरी,परामर्श लगायतका पसल तथा व्यवसायहरु लाई दर्ता तथा सुचिकृत गरिएको अधिकृत न्याैपानेको भनाइ रहेको छ ।पालिकाले उक्त कार्यकालागि नि :शुल्क रूपमा फोटोकपी उपलब्ध गराएको छ।

थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणि अधिकारीले गाउँपालिकाले व्यवसायिकाे हितमा कार्य गर्ने र कानुन दायरामा ल्याउन व्यवसायी संस्थाहरु सहयात्री भएकाे बताए।

दर्ताका लागि पालिकाका प्रशासन शाखा प्रमुख ईन्द्र प्रसाद खनाल, उद्योग वाणिाज्य सघका उपाध्यक्ष सुरेन्द्र अधिकारी ,सचिव राजिव श्रेष्ठ, सदस्य भुपेन्द रानाभाट, पालिकाका पञ्जिकरण सहायक अक्क्षय कुमार कायस्थ लगायत उद्योगी, व्यवसायी, जनप्रतिनिधिहरुको उत्साहजनक सहभागील रहेको पालिकाले जनाएको छ।
























