• विजय अधिकारी (संवाददाता ) । प्रहार समाचार । कास्की, २३ मंसिर २०८१ आइतवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखिने भएको छ। कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

आज लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले ४ दिन म्याद थप्ने अनुमति दिएको छ ।
गत कार्तिक २ गते काठमाडौबाट सहकारी ठगी एवं संगठित अपराध सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरी पोखरा ल्याइएका लामिछाने त्यस यता प्रहरी हिरासतमा नै रहेका छन्।
























