हेडलाईनसमाचारगण्डकीखेलकुद

लमजुङमा १७ औं युनाइटेड कप फुटबल प्रतियोगिता मंसिर २४ गतेबाट सुरु हुने

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार ।  लमजुङ, २२ मंसिर २०८१ शनिवार । लमजुङको मस्याङ्दी गाउपालिका -२,घनपोखरा स्थित केकेम खेलमैदानमा तमुहरुको महान पर्व तमु ल्होसार २०८१ को  अवसरमा १७ औं युनाइटेड कप फुटवल प्रतियोगिता यहि मंसिर २४ गते सोमवारबाट सुरु हुने भएको छ।

गाउँपालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैन्त्री पुर्ण सम्बन्ध कायम गराउन,खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ  वडा स्तरिय  प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले बताए । 

प्रतियोगितामा १४ टिमले दर्ता गरिसकेका छन्।  उदघाटन सत्रका दिन विभिन्न सास्कृतिक झाँकी तथा ऱ्यालीका साथमा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्ने कार्य तालिका रहेको अध्यक्ष गुरुङले बताए ।

हेर्नुहोस् टाईसिट :

उद्घाटनको पहिलो खेल मस्याङ्दी गाउँ पालिका वडा नम्बर १ र आयोजक क्लब B बीचको एक खेल हुने छ ।

२५ गते टाई सीट अनुसारको खेल खेल नं २,३ र ४ ,२६ गते खेल नम्बर ५,६ र ७,२७ गते खेल नम्बर ८,९ र १० को खेल हुने छ । त्यस्तै २८ गते खेल नम्बर ११ र १२ बीच सेमिफाइनल र २९ गते सेमिफाइनल बाट विजयी टिम र खेल नम्बर १३ बीच फाईनल खेल हुने छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भने सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १५,१५ हजार रुपैयाँ,अनुशासीत टिमलाई नगद १० हजार,सर्वाधिक गोल कर्तालाई नगद ५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई  नगद ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले प्रहार समाचारलाई जानकारी दिए।


फुटबल खेलमा सहभागी हुन टिम दर्ता शुल्क ८ हजार रुपैयाँ र थप २ हजार रुपैयाँ गरि १० हजार रुपैयाँ राखीएको छ । खेलमा सहभागी हुने खेलाडी सङ्ख्या ९ जना र ५ जना गरि १४ ( कोच र टिम म्यानेजर अनिवार्य ) हुनु पर्ने र सहभागी टिमले खेलाडीको नागरिकता वा जन्मदर्ताको प्रमाणीत प्रतिलिपी अनिवार्य पेश गर्नु पर्ने आयोजन क्लबले जनाएको छ । खेलकुदका साथमा पुरुष तर्फ कालिज टिपाई,महिला तर्फ कुर्ची चाल,घैटो फुटाई,रिले दौड साथै महिला र पुरुष तर्फ डोरी तान्ने प्रतियोगिता हुने छ ।

सो अवसरमा फुटबल प्रतियोगिताका अलावा पुरोहित गुरु घ्याप्रे – पच्यु ( झाँक्री ) , लामा गुरुहरु साथै , घाटु- कृष्ण चरित्र, तामरो छोरी लगायतका परम्परागतका संस्कार र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने क्लबका सचिव पुष्प राज गुरुङले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button