• विजय अधिकारी ।( संवाददाता ) प्रहार समाचार । लमजुङ, २२ मंसिर २०८१ शनिवार । लमजुङको मर्स्याङ्दी गाउँपालिका स्वास्थ शाखाको आयोजनामा पालिका भित्रका महिला स्वास्थ्य स्वयं सेविकाहरु विच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

९ वडा भित्रका महिला स्वास्थ्य स्वंयसेविकाहरु विच भएको प्रतियोगितामा वडा नम्बर ४ का महिला स्वास्थ्य स्वयं सेविकाहरु ८ समुहलाई पछी पार्दै प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा वडा नम्बर ९ को महिला स्वास्थ्य स्वयं सेविकाको समूह द्धितीय र वडा नम्बर ३ को महिला स्वयं सेविकाको समूह समूह तृतिय भएका थ स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ७ रुपैयाँ, द्वितीय हुने समूहलाई नगद ५ हजार रुपैयाँ र तृतीय हुने समूहलाई नगद ४ हजार रुपैयाँ र प्रमाणपत्र गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङ र स्वास्थ्य शाखा प्रमुख घलेले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

२१ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखाले वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको थियो ।

कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष गुरुङले समुदायमा महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदान महत्वपूर्ण रहेको भन्दै स्वास्थ्य क्षेत्रमा काम गर्दा धेरै चुनौती आउने गरे पनि नागरिकको घरघरमा पुगेर सेवा गरेकोमा राज्य र नागरिक सवैले स्वयं सेविकाहरुलाई उच्च सम्मान गर्नु पर्ने बताए ।


कार्यक्रममा ९ वटै वडाका वडाअध्यक्षहरु, ६१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थीति रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख लुलवहादुर घलले गरेका थिए ।
























