प्रहार समाचार । तनहुँ, २१ मंसिर २०८१ शनिवार । लमजुङको मध्यनेपाल नगरपालिका ३ सोतिपसलमा रहेको मंगला माध्यमिक विद्यालयले हीरक जयन्ती मनाउने भएको छ । विद्यालयले माघ ११ गते बाट १६ गते सम्म विविधि कार्यक्रमका साथ सप्ताहव्यापी कार्यक्रमका साथ हिरक जयन्ती मनाउने भएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले जनाए ।

कार्यक्रमलाई सफल बनाउन मंगला माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज दमौलीका अध्यक्ष श्रीकृष्ण सोतीको अध्यक्षतामा भेटघाट एवं प्रचारप्रसार कार्यक्रम आयोजना गरियो । कार्यक्रममा मंगला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाले हीरक जयन्तीलाई भव्य र सभ्य रूपमा मनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । उनले चितवन, पाेखरा एवं काठमाडौंमा समेत पुगेर पूर्व विद्यार्थीहरूसंग भेटघाट एवं अन्तरक्रिया गरिने बताए ।
जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न वि व्य स अध्यक्ष बसौलाको संयोजकत्वमा १ सय ५१ सदस्यीय हिरक जयन्ती मुल समारोह समिति र १५ सदस्यीय सचिवालय समित गठन गरिएको छ । हिरक जयन्ती मनाउने क्रममा आर्थिक संकलन गर्नका लागि छुटै खाता सञ्चालन गरिएको र उक्त खातामा हालसम्म १२ लाख बढि सहयोग उठेको र सहयोगलाई १ कोड पुऱ्याइने लक्ष्य रहेको बताइएको छ। उठेकाे रकमबाट हिरक जयन्ति तथा बचत भएको खमले विद्यालय एवं विद्यार्थीकाे वृद्धि विकासमा खर्च गरिने प्रधानाध्यापक बास्ताेलाकाे भनाई छ ।

शि अ संघका अध्यक्ष एवं अर्थ संकलन तथा व्यवस्थापन उपसमिति संयोजक शम्शेर बहादुर थापाले विद्यालयले हिरक जयन्ती मनाउनको लागि सबैको साथ र सहयोग रहने बताए । कार्यक्रममा विज्ञापन संकलन उपसमितिका संयोजक दुवराज सोतीले विद्यालयले प्रकाशन गर्ने स्मारिकामा विज्ञापान दिन सकिने बताए ।
मंगला मा.वि पुर्व विद्यार्थी समाज दमौली कलस्टर अध्यक्ष श्रीकृष्ण सोतीले हीरक जयन्तीलाई सम्पन्न गर्नका लागि दमौली कलस्टरको विशेष सहयोग हुने बताएको कार्यक्रमको सहजीकरण समाज दमौली कलस्टर सचिव सुर्यचन्द्र लम्सालले गरेका थिए ।

लमजुङको पहिलो नुमना माध्यमिक विद्यालयको रुपमा पहिचान बनाएको मंगलाले हीरक जयन्तीलाई भव्यताको साथ सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ । शमशेर बहादुर थापाको संयोजकत्वमा अर्थ संकलन तथा व्यवस्थापन समिति, रमेश पौडेलको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, डा.जगन्नाथ श्रोत्रीयको संयोजकत्वमा ऐतिहासिक अभिलेख संकलन उपसमिति, रामचन्द्र पराजुलीको संयोजकत्वमा अभिन्दन तथा सम्मान उपसमिति गठन गरिएको छ।

यसैगरि दुवराज सोतीको संयोजकत्वमा विज्ञापन संकलन उपसमिति, तिर्थराज तिवारीको सयोजकत्वमा साहित्यक उपसमिति, कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा स्वंयमसेवक परिचालन उपसमिति,मदनचन्द्र बसौलाको संयोजकत्वमा गेट निर्माण उपसमिति, सुनिल चन्द न्याैपानेकाे संयाेजकत्वमा हीरक स्तम्भ निर्माण उपसमिति, सृजना अधिकारीको संयोजकत्वमा अतिथि सत्कार तथा स्वागत उपसमिति, धुर्व रिमालको संयोजकत्वमा मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, डम्बरराज मिश्रको संयोजकत्वमा निमन्त्रणा उपसमिति, हरिप्रसाद मिश्रको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

यसका साथै ई.हरिदत्त पौडेलको संयोजकत्वमा पुर्व विद्यार्थी समन्वय उपसमिति, शंकर थापाको संयोजकत्वमा आवास खाजा खाना तथा चियापान उपसमिति, गणेश बहादुर गुरूङको संयोजकत्वमा खानेपानी तथा सरसफाई उपसमिति, कमल गुरूङको संयोजकत्वमा खेलकुद उपसमिति, भोलानाथ पौडेलको संयोजकत्वमा उद्योग संघ संस्था परिचालन उपसमिति, देवी देउजा बस्नेतको संयोजकत्वमा आमा समुह परिचालन उपसमिति, सुर्यलाल श्रेष्ठको संयोजकत्वमा झाँकी परिचालन उपसमिति, ले.विश्वनाथ भुसालको संयोजकत्वमा अभिभावक परामर्श तथा समन्वय उपसमिति गठन गरिएको छ।
यसैगरि ध्रुवराज पौडेलको संयोजकत्वमा साँस्कृतिक कलाकार व्यवस्थापन उपसमिति, मदनचन्द्र बसौलाको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, प्रेमकान्त ओझाको संयोजकत्वमा स्वास्थ्य सेवा परिचालन उपसमिति, चन्द्रमणि पाैडेलकाे संयाेजकत्वमा उपसमितिहरू समन्वय उपसमिति, रामचन्द्र बगालेकाे संयाेकत्वमा पुर्व शिक्षक/कर्मचारी समन्वय उपसमिति, ऋजय भण्डारीकाे संयाेजकत्वमा विज्ञान प्रर्दशनी उपसमिति गठन गरिसकिएको विद्यालयले जनाएकाे छ । पाण्डे गाँउ वस्नेत परिवारद्वारा सरस्वती मन्दिर निर्माण उपसमिति समेत गन्न गरिएको छ । पाण्डे गाउँ बस्नेत परिवारले विद्यालयमा सरस्वती मन्दिर निर्माण गर्नेछ ।
२०१९ सालमा स्थापना भएको विद्यालयको लम्जुङको पहिलो नुमना माध्यमिक विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयका प्रधानाध्यापक बिष्णहरि बास्तोलाले जानकारी दिए ।

हीरक जयन्तीमा करिव १ करोड रुपैया बरावरको आर्थिक संकलन हुने लक्ष्य रहेको र ४० लाख खर्च हुने अनुमान समेत रहेको विद्यालयका प्रधानध्यापक बास्तोलाको भनाई छ । लमजुङको सोतीपसलमा रहेको मंगल माविमा लमजुङको मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका सहित तनुहँको व्यास नगरपालिकाका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयबाट हालसम्म एसएलसी र एसईई गरि २ हजार १ सय १६ जना उत्रिण भइसकेको विद्यालयले जनाएको छ । हिरक जयन्तीकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
विद्यालयमा हाल ८ सय जना बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।
























