प्रहार समाचार । तनहुँ, २२ मंसिर २०८१ शनिवार । पूर्व गृहमन्त्री रवि लामिछानेको मानव अधिकार हनन् भएको भन्दै उनकी पत्नी निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोगमा गएर निवेदन दिएकी छन् ।

लामिछानेलाई हिरासतमा यातना दिएको, अमानवीय व्यवहार गरेको लगायतका बिषयमा छानबिनका लागि पत्नी पौडेलले निवेदन दिएकी हुन्।
उनले प्रहरी महानिरिक्षक वसन्त कुँवर, चितवनका प्रहरी अधिकारीहरु, जिल्ला प्रशासन कार्यालय चितवन लगायतलाई विपक्ष बनाएर हिंजो आयोगमा उजुरी दर्ता गराएकी हुन् ।
























