हेडलाईनसमाचारबन्दीपुरगण्डकीविजनेस

तनहुँको डुम्रेबजारमा ‘दिगो मार्ट’ सञ्चालनमा

प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८१ शनिवार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १, डुम्रे बजारमा ‘दिगो मार्ट’ सञ्चालनमा आएको छ।
डुम्रे बेसिशहर चोकको ठिक अगाडीपट्टी रहेको बर्गर हाउस रहेको घरको पहिलो तलामा उक्त मार्ट हिंजो विवाह पञ्चमीको दिनबाट विधिवत् रूपमा सञ्चालनमा ल्याइएको मार्टका संञ्चालक एपोस मल्लले जानकारी दिए ।

मार्टमा दैनिक उपभोग्य वस्तुहरू दाल ,चामल, गेडागुडी, चिप्स, ड्राइ फुड लगायत सम्पूर्ण घरायसी प्रयोजनका लागि अत्यावश्यक पर्ने सामानहरु एउटै छाना  मुनि उपलब्ध गराउने उद्देश्यले उक्त मार्ट सञ्चालनमा ल्याइएको बताइएको छ ।

‘रेष्टुरेन्ट तथा घरपरिवारका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरु थोक तथा खुद्रा सुपथ  मूल्यमा उपलब्ध गराउँछौं ।’ मल्लले भने ।

पाँच जना कर्मचारीहरुले प्रत्यक्ष रोजगारी प्रदान गरिएको उक्त मार्ट पूर्ण रूपमा डिजिटल सिस्टममा बिल काटेर पारदर्शी ढङ्गले सस्तोमा गुणस्तरीय सेवा प्रदान गरिएको मार्टका सागर श्रेष्ठले जानकारी दिए । ‘अब घरायसी सामान खरिद गर्न पसल पसल धाउन पर्दैन ‘ – श्रेष्ठले  भने ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button