प्रहार समाचार । काठमाडौँ, २० मंसिर २०८१ बिहीबार ।नेपालमा पहिलोपटक भएको नेपाल प्रिमियर लिग (एनपीएल ) को पहिलो संस्करण कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो ।काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०/१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।
काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाण्डौले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ ।
खेलमा सुदूरपश्चिम रोयल्स, काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाएका छन्।
१६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।
























