प्रहार समाचार । काठमाडौँ, २१ मंसिर २०८१ शुक्रवार । नेपाल प्रहरीमा ठूलो संख्यामा जागिरको अबसर खुलेको छ। प्रहरीले एक सूचना जारी गर्दै जवानदेखि भान्छे, कुचीकारसम्मका लागि नयाँ भर्ना खुलाएको जनाएको छ।

प्रहरी जवान (जनपद)मा १ हजार १६५ पदमा भर्ना खुलाइएको छ । ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको सूचनामा उल्लेख छ ।
नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ।
त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके, सुदूरपश्चिम तालिम केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।
यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनोट शाखाले जनाएको छ।
























