• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-११,चिती तिलाहार स्थित जनकल्याण मा. वि.मा सम्पन्न भएको छ।

“हामी सबैको प्रतिबद्धता,लैंगिक हिंसा अत्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गते देखि संचालित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बेसीशहर नगरपालिका वडा नं.-११,स्थित श्री जनकल्याण मा.वि.चिती को प्राङ्गणमा सम्पन्न गरिएको हो ।
बेसीशहर नगरपालिका वडा नम्बर -११,को वडा कार्यालय र वडा स्तरीय महिला संजालको संयुक्त आयोजनामा लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम भएको हो।
बेसीशहर नगरपालिका वडा नम्बर-११,को वडा स्तरीय महिला संजालकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका उप-प्रमुख पदमा गुरुङले लैंगिक हिंसा गर्नु अपराध भएकाले कहिं कसैले हिंसा गरेको देखेमा सहेर नबस्न आग्रह गरिन् ।

कार्यक्रममा बेसीशहर नगरपालिका वडा नम्बर-११,का वडा अध्यक्ष शिवप्रसाद जोशी,जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायक निरीक्षक विजय गुरुङ,आर सि डि सि लमजुङका कार्यक्रम संयोजक हेमराज विमली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा चिती स्वास्थ्य शाखाका प्रमुख कालिका ढकाल,आर सि डि सि का सोवित थापा,राजु गुरुङ,वडा भित्रका जनप्रतिनिधिहरु,वडा भित्रका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,वडा भित्रका विभिन्न आमा समुहहरु,जनकल्याण माध्यामिक विद्यालयका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरु,प्रहरी लगायत अन्दाजी २०० जनाको सहभागितामा रहेको बेसीशहर नगरपालिका वडा नम्बर -११,को वडा महिला संजालकी सचिव बन्दना बस्नेतले प्रहार समाचारलाई जानकारी दिइन् । विभिन्न झाँकी, ऱ्यालीका साथ सम्पन्न भएको कार्यक्रमको सहजिकरण वडा महिला संजालकी सचिव बन्दना बस्नेतले गरेकी थिइन् ।

























