हेडलाईनव्याससमाचारगण्डकी

नेपाल विद्यार्थी संघ तनहुँको अध्यक्षमा कैनी

प्रहार समाचार । तनहुँ, १९ मंसिर २०८१ बुधवार । नेपाल विद्यार्थी संघ तनहुँ जिल्लाको अध्यक्षमा व्यास ११ पोल्याङका आशिष  कैनी चयन भएका छन् ।

लामो समय विद्यार्थीको हक हितमा लडेका कैनीलाई नेपाल विद्यार्थी संघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ काठमाडौंको केन्द्रीय कार्यालयमा हिजो अध्यक्षको  पत्र हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा बोल्दै अध्यक्ष शेर्पाले नेपाल विद्यार्थी संघको लामो इतिहासलाई स्मरण गर्दै संघको विधि र विधानलाई सर्वोपरी ठानी आम विद्यार्थीको हक हितमा काम गर्न निर्देशन दिए ।


नव नियुक्त अध्यक्ष कैनीले अब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै  जिम्मेवारीलाई अवसरका रूपमा लिएर सम्पूर्ण न्यायप्रेमी विद्यार्थीको हक हितका लागि  रात दिन नभनी  लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले सांगठनिक रूपमा पनि नेपाल विद्यार्थी संघ तनहुँलाई बलियो बनाउँदै रचनात्मक र सकारात्मक काममा उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यस अघि केहि महिना पहिला देखि कैनीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button