प्रहार समाचार । काठमाडौँ, २० मंसिर २०८१ बिहीवार । नेपालमा पहिलोपटक भएको सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग एनपीएलको पहिलो संस्करण कीर्तिपुर स्थित त्रिवी क्रिकेट खेल मैदानमा भइरहेको छ। आजा हुने दुई खेल मध्ये अहिले बिहान ९:१५ बजे बाट पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल सुरु भएको छ।

दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।
पोखराको यो दोस्रो खेल हो। यसअघि चितवन राइनोजसँग पराजित भएको थियो। काठमाडौं गोर्खाजको तेस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले बुधबार कर्णालीलाई पराजित गरेको थियो।

सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान )को आयोजनामा प्रतियोगितामा भारतीय चौचत क्रिकेटर शिखर धवन लगायत न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन लगायतको खेल हेर्न त्रिवि क्रिकेट मैदान दर्शक तथा समर्थकले खचाखच भरिएको छ । खेलमा सुदूरपश्चिम रोयल्स, काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाएका छन्।

१६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।
























